नक्कली डलर देखाइ ठगी गर्ने चार पक्राउ

सिन्धुपाल्चोक | पुस २३, २०७९

नक्कली डलर देखाइ ठगी गर्ने चार पक्राउ

सिन्धुपाल्चोक:  नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । 


बाह्रबिसे नगरपालिका–३ का  २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे नपा–४ का २३ वर्षीय  वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जनलाई अमेरिकी डलर देखाएर ठगी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ठगीमा संलग्न एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।


उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ रुपियाँ अमेरिकी डलर, ६ हजार २१० नेपाली रुपियाँ, ८ बन्डल कागजको नक्कली नोट, पाँच थान मोबाइल, ३ थान गुलेली बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धित कसुर मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्